Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

बंगलादेशकाे राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छाैँः कांग्रेस


भक्तपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । श्रावण २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ ।

बैठकको निर्णय ः
(१) घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बंगलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नेपाली कांग्रेसले नजिकबाट नियालिरहेको छ । नेपाली कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको छ । त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्व वहाल भई राजनीतिक संक्रमण अन्त्य हुने नेपाली कांग्रेस विश्वास गर्दछ ।

बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छ । अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको छ । यसै गरी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दु, वुद्धिष्ट समुदाय माथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने नेपाली कांग्रेसले विश्वास लिएको छ ।

आजको बैठकमा,प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू— जीपछिरिङ लामा, पद्मनारायण चौधरी, डा. चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज पाण्डे, मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, तारामान गुरुङ, चन्द्रबहादुर के.सी., डा. आरजु राणा देउवा, अब्दुल सत्तार, नैनसिंह महर, गोविन्दबहादुर शाह, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, जावेदा खातुन जागा, हरिशरण नेपाली, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, राधा घले, धना खतिवडा, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र लक्ष्मी खतिवडाले आ–आफ्नो धारणा राख्नु भएको थियो । त्यसैगरी बैठकमा आमन्त्रित युवा तथा खेलकूद मन्त्री तेजुलाल चौधरीले आफ्नो मन्त्रालयका बारेमा जानकारी गराउनु भएको थियो ।केन्द्रीय कार्यसमितिको बैठक २०८१ श्रावण २७ गते आइतबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।


प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?