Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पुनःनिर्माणसँगै १८ औँ शताब्दीको नासो जोगाएकाे दाफा भजन फल्चा (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ । आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गर्नुभयो । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराउनु भएको उल्लेख छ ।

जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनःनिर्माण गराइएको हो । वडाध्यक्ष संगतले भन्नुभयो, ‘पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो । हामीले यसो हुन दिएनौँ । कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको थियो ।’

फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ । उद्घाटनपछि बोल्दै भकुंंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले भन्नुभयो, ‘मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको छ ।’ वडाले प्राचीन पहिचान भएका सम्पदाको खोजी, अभिलेखन, पुनःनिर्माण र पुनःस्थापनाका कामलाई प्राथमिकता दिएको छ ।  


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?