Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सिना वाजेद सोमबार भारत आइपुगेपछि क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक


नयाँ दिल्ली । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद सोमबार भारत आइपुगेपछि के गर्दै छिन् भन्ने विषयमा विस्तृत जानकारी दिइएको छैन । उनी सोमबार साँझ भारत आइपुगेकी थिइन् ।

सोमबारै राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक बसेको थियो । उक्त बैठकमा बंगलादेशको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र गुप्तचर निकायका वरिष्ठ अधिकारीहरू संलग्न थिए । हसिना भारतबाट बेलायत जान सक्ने उक्त अखबारले जनाए पनि कहिले भन्ने खुलाइएको छैन ।


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?