Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सिना वाजेद सोमबार भारत आइपुगेपछि क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक


नयाँ दिल्ली । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद सोमबार भारत आइपुगेपछि के गर्दै छिन् भन्ने विषयमा विस्तृत जानकारी दिइएको छैन । उनी सोमबार साँझ भारत आइपुगेकी थिइन् ।

सोमबारै राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक बसेको थियो । उक्त बैठकमा बंगलादेशको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

बैठकमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र गुप्तचर निकायका वरिष्ठ अधिकारीहरू संलग्न थिए । हसिना भारतबाट बेलायत जान सक्ने उक्त अखबारले जनाए पनि कहिले भन्ने खुलाइएको छैन ।


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?