Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मोबाईलमा चार्ज नटिकेर हैरान हुनुहुन्छ? अपनाउनुस ८०-२० फर्मुला !


हिजाेआज अधिकांश लगभग सबै महत्त्वपूर्ण कामहरू फोन मार्फत गरिन्छ। यदि फोनले हाम्रो लागि यति धेरै काम गर्छ भने हामीले पनि यसको ख्याल पनि गर्नुपर्छ। यसमध्ये सबैभन्दा महत्वपूर्ण फोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्छ।

धेरैजसो फोनमा ब्याट्री बिग्रिएको देखिन्छ, जसका कारण उनीहरुले राम्ररी काम गर्न सक्दैनन् ।यसका लागि, तपाईंले फोन चार्ज गर्दा ८०-२० नियम पालना गर्नुपर्छ। यो नियम पालना गरेमा, तपाईंको फोनले ब्याट्रीको आयु बढाएर राम्रोसँग काम गर्छ।धेरैजसो मानिसहरूले फोनलाई चार्जमा राखेपछि बिर्सन्छन्, जुन तपाईको फोनको ब्याट्रीको लागि बिल्कुल राम्रो हुँदैन। फोन चार्ज गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ। फोनलाई शतप्रतिशत चार्ज गरेमा यसको ब्याट्री लाइफ राम्रो हुन्छ भन्ने मानिसहरूलाई लाग्छ तर त्यस्तो होइन।

विज्ञहरू विश्वास गर्छन् कि यदि तपाईंको फोन ८० प्रतिशतसम्म चार्ज रहन्छ भने यसले उत्तम ब्याट्री जीवन दिन्छ। उनीहरुका अनुसार मानिसहरूले कहिल्यै पनि आफ्नो फोन शतप्रतिशत चार्ज गर्नु हुँदैन। ८० देखि ९० प्रतिशत चार्ज भइसकेपछि यसलाई चार्जबाट हटाउनुपर्छ।

जसरी फोन चार्ज गर्दा केही कुरामा ध्यान दिनुपर्छ, त्यसैगरी फोनको ब्याट्री कम हुँदा कहिले चार्ज गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । सामान्यतया, मानिसहरूले आफ्नो फोनलाई पूर्णरूपमा चार्ज गर्नको लागि कुनै पनि समय फोन चार्जमा राख्छन्। तर यो गलत तरिका हो।विज्ञहरूका अनुसार ब्याट्रीलाई कहिल्यै शुन्य प्रतिशतमा राख्नु हुँदैन । यदि तपाई फोनको ब्याट्री लाईफ राम्रो राख्न चाहनुहुन्छ भने ब्याट्रीलाई २० प्रतिशतभन्दा कम हुन नदिनुहोस्। ब्याट्री २० प्रतिशत पुगेपछि चार्जिङमा राखिहाल्नु होस्।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?