Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रादेशिक अस्पतालमा भएको भ्रष्टाचार छानबिन गर्न स्थानीयकाे माग


प्रेमचन्द्र झा, राैतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमीले अस्पताललाई व्यक्तिगत सम्पत्ति ठानेर गरेका एकपछि अर्को भ्रष्टाचार जन्य क्रियाकलापका कारण ठुलाे विवादमा आएका छन ।अस्पताललाई व्यक्ति सम्पति ठानेर मनोमानी ढंगले आफ्नो नातेदार देखि पार्टीका कार्यकर्ताको राेजगारी दिने भर्ति केन्द्र बनाएका कारण अध्यक्ष हासमि विवादमा आएका हुन । नेपाल सरकारको आर्थिक ऐन कानुनलाई साईड लगाई प्रदेशिक अस्पताल गाैरमा अध्यक्ष आफैले निर्माण तथा खरिद कार्य गरेका कारण भ्रष्टाचार ,अनियमितताको आरोप लागेकाे हो ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरको सहमतिमा अध्यक्ष हासमीले टाईल्स जडान ,औसधि खरिद ,मर्मत सम्हार र रङ्गरोग्न ,विभिन्न उपकरण खरिद देखि करारको कर्मचारी भर्नामा अनियमित अपारदर्शी ढंगले गरेकाे कुरा चर्चाको विषय बनेका छन।

उपेन्द्र यादव अध्यक्ष रहेका जनता समाजवादी पार्टीको कोटाबाट अध्यक्ष बनेका हासमी आफुले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काङ्ग्रेस पार्टीको नेता नजिक दाैड धुपमा लागेको नेपाल पत्रकार महासंघ राैतहटका सहसचिव सन्जय सहनीला बताए । तर प्रदेशमा सुशासन ल्याउनको लागि बनेको जनमत पार्टी अध्यक्ष सिके राउतकाे सरकारले आफ्नो पोल खोलिदिने डरले हासमीको होस् उडेको देखिएको सह सचिव सहनीले बताए ।

अस्पताल जस्तो पवित्र ठाउँलाई अनियमितता र लुटखसोटको अखडा बनाएको भन्दै स्थानीयले अध्यक्ष हासमीलाई बर्खास्तको माग गरेका छन् ।प्रादेशिक अस्पताल गाैरका हरेक गतिविधि लामो समय देखि नजिकबाट हेरिरहेका युवा पत्रकार जितेष यादवले प्रादेशिक अस्पताल गाैरमा भ्रष्टाचार र अनियमितताको छानबिन भए मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर ,लेखापाल मनाेज यादव र अध्यक्ष अनवर हासमि जेल जाने पक्की जस्तो रहेकाे दाबी गरे छन् ।

युवा पत्रकार यादवको एक अध्ययन अनुसार टायल्स ,औसधि खरिद ,न्यानो झोला,अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम र करारका कर्मचारी भर्ना लगायतका काण्डको तत्काल छानबिन दाेषिलाई कडा कार्वाही नभए अझै भ्रष्टाचार बढेर जाने उनले बताए।गौर अस्पतालमा जाने गरेका सेवाग्राहिलाई प्राईबेट क्लिनिकमा पठाउने काममा अध्यक्ष हासमी कै हात रहेको सेवाग्राहीहरुको गुनासो छ।

अस्पताल बिकास समितिले अस्पतालको बिकास नगरि आफ्नो व्यक्तिगत विकासमा लागेको विषयमा कुरा गर्न अध्यक्ष हासमिसंग सम्पर्क गर्दा हुन सकेन । साथै अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर संग सम्पर्क गर्दा फाेन उठेन ।मधेश प्रदेश सरकार यसमा गम्भिर भई प्रादेशिक अस्पताल गाैरको अनियमितता छानबिन गराउनु पर्ने देखिन्छ ।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?