Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु


काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज(एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराईरहनु पर्ने चिकित्सकहरुको भनाई छ ।

कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आमा र बच्चा दुवैको लागि स्तनपान जरुरी रहेकोले आम सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम गरिएको जानकारी दिनुभयो । विश्व स्तनपान सप्ताहको उद्घाटनमा प्रा. डा. अन्सारीसँगै कलेजका हस्पिटल डाइरेक्टर प्रा.डा. मोदनाथ मरहठ्ठा, स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख डा. रिता मरहठ्ठा, बालरोग विभागकी प्रमुख डा. सविना श्रेष्ठ, मेट्रोन नविना सिंह, लगायत विभागीय प्रमुख, नर्स तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

सप्ताहब्यापी कार्यक्रममा नवजात शिशुलाई किन आमाको दुधमात्र खुवाउनु पर्छ ? स्तनपानले आमा र शिशुको स्वास्थ्यमा कस्तो फाइदा गर्दछ ? नियमित स्तननपान नगराउँदाका वेफाइदाहरु केके हुन् ? लगायत बारे जानकारी दिइने छ ।

कलेजले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका विभिन्न स्वास्थ्य दिवस र अवसरहरुमा नियमित रुपमा सचेतनाका कार्यक्रम गर्दै आइरहेको छ । विरगञ्जका प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजको बागडोर सम्हालेसँग कलेजको स्वास्थ्य सेवा र व्यवस्थापन प्रभावकारी रुपमा सुधारिएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?