Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बाग्मति नदि प्रणाली, स्मार्ट सिटि,फाेहाेर मैला व्यवस्थापनमा छिट्टै नतिजा देखिने छ: उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मति नदी प्रणााली, स्मार्ट सिटी, फाेहाेरमैला व्यवस्थापनलगायकाे क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेकाे बताउनुभएकाे छ । आज काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

मेयर्स फाेरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिँदै स्मार्ट सिटि, सडक बत्तिकाे महसुल, बाग्मति लगायतकाे विषयमा ध्यानाकर्षण समेत गराएकाे थियाे । साे क्रममा उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरि काम भइरहेकाे बताउनुभयाे ।

भेटमा मेयर्स फोरमले वर्षाैदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेकाे थियाे । सो क्रममा उपप्रधानमन्त्री सिंहले साे समस्या छिटै समाधान हुने बताउनुभयाे । उहाँले भन्नुभयो, ‘स्मार्ट सिटिका लागि जग्गा राेक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ । चाँडै नतिजा देखिने गरि मन्त्रालयले काम अघि बढाएकाे छ ।’

त्यस्तै, मेयर्स फोरमले सडक बत्तिको बील विद्युत प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्व भित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बीलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो । ‘तपाईहरुले सडक बत्तिको महसुलको विषयमा कुरा उठाउनुभयो । उर्जा मन्त्रालयसँग छलफल गरेर तपाईंहरुको भावनाअनुसार मन्त्रालयले भूमिका खेल्छ,’ उहाँले भन्नुभयो । मेयर्स फोरमले आर्थीक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक,सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरि आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पुनर्संरचना गर्ने पनि बताउनुभयो । जनप्रतिनिधिहरुको प्रतिनिधित्व बढ्ने गरि प्राधिकरणलाई समयसापेक्ष बनाइनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै, उहाँले स्वच्छ उपत्यका र सफा बाग्मती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधै ढल बन्द गर्न के गर्नुपर्छ ? त्यसका लागि मिलेर काम गर्नका लागि पनि आग्रह गर्नुभएको छ ।
‘उपत्यकाको नदि नाला स्वच्छ गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । कार्ययोजना बनाएर काम गर्नुपर्छ ,’ उहाँले भन्नुभयो,‘ स्थानीय सरकारले यसका लागि काम गर्दा कतै अवरोध छ भने शहरी विकास मन्त्रालय सहजीकरणका लागि सँधै तयार छ । ’ उहाँले सुकुम्बासी समस्या समाधानका लागि पनि उपत्यकाका स्थानीय तहसँग मन्त्रालयले संयुक्त रुपमा काम गर्न आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यका मेयर्स फाेरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।


प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?