Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

आज मिति २०८१ साल साउन १८ गते शुक्रवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल साउन १८ गते शुक्रवार(02 August, 2024) श्रावण कृष्णपक्ष त्रयोदशी १५:३६ बजेसम्म, त्यसपछी चतुर्दशी

मेष – आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हाँसिल गर्न सकिनेछ। नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन्। व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन्। गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ।

वृष – समुदायको हक हितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ। पढाइ लेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुश्किल रहेको छ। व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुःखी हुनेछ। माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ। धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ।

मिथुन – हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ। पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन्। मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान दिनुहोला। व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ। आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला, अरुले आलोचना गर्न सक्छन्।

कर्कट – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ। पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेको छ। माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ। भौतिक सम्पत्ति जुट्नुका साथै विलासी जीवन व्यतित गर्न सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।

सिंह – विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ। पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले, मन प्रशन्न हुनेछ। आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ। शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ।

कन्या – वौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला। परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा असहयोग हुनेछ। व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ। माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ। पेट सम्बन्धि समस्याले सताउने हुँदा मानसिक तनाव बढ्नेछ।

तुला – पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ। घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ। माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसुस हुनेछ। राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ। तरपनि कृषी तथा सहकारी व्यवसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ।

बृश्चिक – पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ। सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन्। दाजुभाइ तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ। छोटो तथा रमाईलो यात्रा हुनसक्छ। उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ। लेखन, कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ।

धनु – लामो समय लगाएर गरिएको कामको नतिजा तपाईंको पक्षमा नआउने हुनाले मन दुःखी हुनेछ। बन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ। आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ। रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, सापटी लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ। प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ। नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरु बाट नै आलोचना हुन सक्छ, काम गर्दा ध्यान दिनुहोला।

मकर – राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ। व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ। सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्रले अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेको छ।

कुम्भ – अनावश्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला। खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ, ख्याल गर्नुहोला। भुलेर गलत काम नगर्नुहोला, तुरुन्त दण्ड तथा सजाय हुन सक्छ। लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ। बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मीन – माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ। नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ। दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ। विद्यामा राम्रो प्रगती हुनाले पढाइ लेखाइमा मन जानेछ। विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ। सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ।

 


प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?