लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाको कारण पहिरो खसेर डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।
उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।
प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार