Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

तेमाल चापाखोरीमा सन्तानेश्वर महादेवको पुनर्निमाण सम्पन्न


काभ्रेपलानन्चोक । तेमाल गाउँपालिका ७ चापाखोरीमा रहेको सन्तानेश्वर महादेव मन्दीरकाे पुनर्निमाण सम्पन्न भएकाे छ । साउन महिनाको पहिलो सोमबार पारेर पुरातात्विक शैलीमा पुनर्निर्माण भएकाे महादेव मन्दिरकाे बैदिक बिधि अनुसार प्राणप्रतिष्ठा(मन्दिर मात्रकाे) गरिएकाे हाे ।

मन्दीर व्यवस्थापन समिति सदस्य निराजन मैनालीका अनुसार पुरातत्व विभागकाे सहयाेगमा मन्दीरकाे पुनर्निमाण सम्पन्न भएकाे हाे ।’सन्तानेश्वर महादेव मन्दीरको पुरातात्विक शैलीमा पुनर्निमाण सम्पन्न भएकाे छ ।साउन महिनाको पहिलो सोमबार पारेर मन्दीरकाे पुजा सम्पन्न भयाे,’मैनालीले एक्युरेट खबरसँग भने ।

मन्दीर निर्माणका जानकार स्थानीय मिनप्रसाद पाण्डेले पुनर्निमाण सम्पन्न भएसँगै स्थानीयकाे उपिस्थितिमा बैदिक बिधि अनुसार मन्दीरमा पुजा गरिएकाे बताए । ‘महादेव स्वयम उत्पत्ति हुनुभएकाे स्थान हाे । नयाँ मुर्ति स्थापना गरिएकाे हाेइन । मन्दीर  नयाँ  स्वरूपमा बनेकाले  मन्दीरकाे बैदिक बिधि अनुसार पुजा गरिएकाे हाे । यसलाइ मन्दीर मात्रकाे प्राणप्रतिष्ठा गरिएकाे पनि भनिन्छ,’उनले एक्युरेट खबरसँग भने ।

साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ। सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको हिसाबले प्रचुरता बोकेको स्थानको रुपमा परिचित रहेको छ ।

तेमाल गाउँपालिकाको पोखरीनारयणस्थान स्थित नारायणको ऐतिहासिक मन्दिर, सोही परिसरमा रहेको बौद्ध, स्वयम्भू र नमोबुद्ध स्तुपाहरु, तोङसुम कुण्ड, कुरुवास चापाखोरीमा रहेको सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको हिसाबले प्रचुरता बोकेको स्थानको रुपमा परिचित रहेको छ ।

तस्विरहरूः शंकर चिमाैरीया ।


प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?