Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तेमाल चापाखोरीमा सन्तानेश्वर महादेवको पुनर्निमाण सम्पन्न


काभ्रेपलानन्चोक । तेमाल गाउँपालिका ७ चापाखोरीमा रहेको सन्तानेश्वर महादेव मन्दीरकाे पुनर्निमाण सम्पन्न भएकाे छ । साउन महिनाको पहिलो सोमबार पारेर पुरातात्विक शैलीमा पुनर्निर्माण भएकाे महादेव मन्दिरकाे बैदिक बिधि अनुसार प्राणप्रतिष्ठा(मन्दिर मात्रकाे) गरिएकाे हाे ।

मन्दीर व्यवस्थापन समिति सदस्य निराजन मैनालीका अनुसार पुरातत्व विभागकाे सहयाेगमा मन्दीरकाे पुनर्निमाण सम्पन्न भएकाे हाे ।’सन्तानेश्वर महादेव मन्दीरको पुरातात्विक शैलीमा पुनर्निमाण सम्पन्न भएकाे छ ।साउन महिनाको पहिलो सोमबार पारेर मन्दीरकाे पुजा सम्पन्न भयाे,’मैनालीले एक्युरेट खबरसँग भने ।

मन्दीर निर्माणका जानकार स्थानीय मिनप्रसाद पाण्डेले पुनर्निमाण सम्पन्न भएसँगै स्थानीयकाे उपिस्थितिमा बैदिक बिधि अनुसार मन्दीरमा पुजा गरिएकाे बताए । ‘महादेव स्वयम उत्पत्ति हुनुभएकाे स्थान हाे । नयाँ मुर्ति स्थापना गरिएकाे हाेइन । मन्दीर  नयाँ  स्वरूपमा बनेकाले  मन्दीरकाे बैदिक बिधि अनुसार पुजा गरिएकाे हाे । यसलाइ मन्दीर मात्रकाे प्राणप्रतिष्ठा गरिएकाे पनि भनिन्छ,’उनले एक्युरेट खबरसँग भने ।

साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ। सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको हिसाबले प्रचुरता बोकेको स्थानको रुपमा परिचित रहेको छ ।

तेमाल गाउँपालिकाको पोखरीनारयणस्थान स्थित नारायणको ऐतिहासिक मन्दिर, सोही परिसरमा रहेको बौद्ध, स्वयम्भू र नमोबुद्ध स्तुपाहरु, तोङसुम कुण्ड, कुरुवास चापाखोरीमा रहेको सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको हिसाबले प्रचुरता बोकेको स्थानको रुपमा परिचित रहेको छ ।

तस्विरहरूः शंकर चिमाैरीया ।


प्रकाशित मिति: ७ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?