Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सिवांगी ब्युटी जोनमा एक महिनासम्म विशेष अफर


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शनिबारदेखी सञ्चालनमा आएको हो । आफ्नो कलाकारिता क्षेत्र संगै व्यवसायमा हात हालेका लामा विगत १ दशक भन्दा लामो समयदेखी सौन्दर्य क्षेत्रमा काम गर्दै आइरहेकी छिन । सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि १ हजार रुपैँयामा फेसियल र दुई हजार ५ सय रुपैँयामा हेयर स्ट्रेड गर्ने बताए । साथै कुनै पनि कस्मेटिक सामानमा ५ देखी १० प्रतिशतसम्म छुट दिने पनि बताए ।

गायक एंव संगीतकार विशाल योन्जन तामाङको प्रमुख आतिथ्यतामा सिवांगी ब्युटी जोनको उदघाटन गरेका हुन । उनले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिवांगी ब्युटी जोनलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । कलाकारितासंगै व्यवसायमा हात हालेकी मन्जिरा लामालाई हौसला प्रदान गर्नुका साथै थप प्रगतिको कामना पनि गरे । कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?