Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

लायन्स इन्टरनेसनलमा नेपालको दबदबा, १८ दिनमा १७ क्लब चार्टर, गभर्नर थापा सम्मानित


काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ ।लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो ।

कार्यकालको सुरुवातमै विश्वमा नै सबैभन्दा बढी क्लब खोल्न सफल डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा लायन्सका इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेराले ‘हाईएस्ट क्लब चार्टर अवार्ड’ बाट सम्मान गरेको डिष्ट्रिक्ट ३२५ जे का मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले बताए ।

तोकिएको समयभित्र १६ वटा क्लब चार्टर गर्दै नेपालको डिष्ट्रिक्ट ३२५ आई दोस्रो भएको छ । डिष्ट्रिक्ट आईले ३४ वटा क्लब खोल्ने प्रतिबद्धता गरेको थियो ।

कार्यक्रममा इन्टरनेसनल प्रेसिडेन्ट लायन फेब्रिसियो ओलिभेरा, फस्ट लेडी अमार्लेस ओलिभेरा, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी लगायत नेपालका सिनियर लायन्स लिडरहरुका साथै व्यवसायीहरुको पनि उपस्थिती थियो ।

इन्टरनेसनल प्रेसिडेन्ट ओलिभेराले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको सुरुवात नेपालबाट गरेका हुन् । ओलिभेराले विश्व लायन्स इतिहासमा नेपालका लायन्स क्लबहरुले दिएको योगदानको खुलेरै प्रशंसा गरे । उनले नेपालमा डिष्ट्रिक्ट ३२५ ई को पहिलो क्याबिनेट मिटिङमा पनि सहभागिता जनाए ।सानो देश भए पनि विश्व लायन्समा नेपाल निकै चर्चित छ । हाल नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?