Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

कोइरालाले बाेलाए कांग्रेस महानगर सभापतिकाे भेला, के गर्दैछन शेखर?


काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौंमा भेटघाट र छलफल गरेका छन् । कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे। महानगरका सभापतिहरुले आफुहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए।

भेटघाटमा महानगर सभापतिहरु– निलकाजी शाक्य, काठमाडौ, सुवानन्द धाख्वा – ललितपुर, चित्रसेन अधिकारी – भरतपुर, दिपक चापागाईं – विराटनगर र मनिन्द्र नेपाली – विरगंज सहभागी थिए ।


प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?