काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। यस्तै, आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो। दुवैले मन्त्री वा सोसरह सुविधा पाउनेछन्।
प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार