Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

स्वास्थ्य मन्त्रीको निर्देशन-‘जनताका समस्या हुनेगरी पाँचदिन भित्र सामाधानको खाका ल्याउनुहोला’


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन।मन्त्री नियुक्त भएपछी पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रीफिङ्सहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन ।

`सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइलिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौ,´ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने।
उनने स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए।`स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ,प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,।´ मन्त्री पौडेलले भने।

पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने,`हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रीत हुनुपर्छ, राज्यको लगानी जति हो, त्यतिप्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफुले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं।´मन्त्री पौडेलले कानुनको छाता भन्दा बाहिर कोहि नहुनेसमेत बताए।`कानुनको अम्ब्रेलाबाट कोहि बाहिर हुन सक्दैन, त्यो छुट कसैलाई दिन हुदैन, पहिले हामीले एकीकृत स्वास्थ्य ऐन बनाउन पर्छ, बृहत् रुपमा तयारी गरेर सबै कुरा पर्ने गरेर त्यसको तयारी गरौं।´ उनले भने।

पौडेलले स्वास्थ्यमा धेरै ठूलो जनशक्ति रहेकाले त्यसलाई सहि ढंगबाट कसरी प्रयोग गर्ने भन्नेमा पनि सोच्नु पर्ने बताए। पहुँच र लिगेसीको आधारमा कुनै कुरा नहुने भन्दै उनले पद्धतिको विकास आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे ।`कहि आवश्यकता भन्दा बढी जनशक्ति छ, कही जनशक्ति अभाव छ भन्ने छ, नीतिगत बिषय पनि सुल्झाउ, कार्यान्वयनको पाटोलाइ पनि हेरौ, पहुँच र लिगेसीको आधारमा कुनै कुरा हुन्न,सिस्टम बनाउने हो।´


प्रकाशित मिति: ३ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?