Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

कानुनविपरित दोहोरो सरकारी सुविधा लिदै गृहमन्त्री !


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राज्यबाट दोहोरो सरकारी सुविधा लिएको पाइएको छ । कानुनका ज्ञाता समेत मानिएका गृहमन्त्री लेखकले कानुनविपरित दोहोरो सुविधा लिइरहेका हुन् ।एकै व्यक्तिले राज्यका दुई निकायबाट दोहोरो सुविधा लिन मिल्दैन् ।

लेखक नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक पनि हुन । उनले सो पदबाट राजीनामा गरेका छैनन् ।कांग्रेसकै एक सांसदले भने,‘गृहमन्त्री बनेपछि उनले प्रमुख सचेतकको पद त्याग्नुपथ्र्यो तर त्यसो गर्नुभएको छैन् ।’

सरकारले पटक–पटक सार्वजनिक पद धारण गरेका व्यक्तिले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको छ ।सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि ०६९ मा दोहोरो सुविधा लिन नहुने व्यवस्था छ । तर कानुनी व्यवस्था हुन भने बाँकी छ ।

गृहमन्त्री लेखकका स्वकिय सचिव जनक भट्टले पनि प्रमुख सचेतक पदबाट राजीनामा नदिएको प्रष्ट पारे ।प्रतिनिधि सभा र राष्ट्रिय सभामा विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र संसदीय समितिका सभापतिको पारिश्रमिक र सेवा सुविधा सांसदले पाउनेभन्दा फरक हुन्छ ।

उनीहरूको मासिक पारिश्रमिक सहित विशेष भत्ता, बैठक भत्ता,सञ्चार सुविधा, आवास सुविधा, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च मासिक इन्धन, बिजुली,दैनिक भत्ता,एक जना उपसचिव स्तरको स्वकीय सचिव, एकजना सुब्बा तहको कम्प्युटर अपरेटर,सवारी चालक राख्न पाउने व्यवस्था छ । सो खर्च राज्य कोषबाट व्योहरिन्छ ।


प्रकाशित मिति: ३ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?