Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

यसरी फन्दामा परे सीआईबीका नक्कली डीएसपी !


रुपन्देही । बाँके प्रहरीले नक्कली डिएसपी पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विक पक्राउ परेका हुन् ।

विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको पाएपछि मङ्गलवार कोहलपुर नगरपालिका ११ बाट नियन्त्रणमा लिइएको हो ।

विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।

केही व्यक्तिहरूलाई उनले धम्काएर ठगी गरेको समेत सूचना प्रहरीले पाएको छ । बाँके प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार विकका विषयमा केही उजुरी परेकाले पक्राउ परेको र अनुसन्धान जारी रहेको छ ।


प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?