Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु


काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ ।

बिहीबार एक कार्यक्रमका विच कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गर्दै पढाईसँगै विद्यार्थीको कला र प्रतिभालाई उजागर कर्न कलेज सदैव सकारात्मक रहेको बताए । ‘खेलको माध्यमबाट विद्यार्थीहरुमा रहेको प्रतिभालाई अगाडी ल्याउन कलेज सदैव प्रतिबद्ध छ यहाँहरुले अनुशासनमा रहेर आफ्ना प्रतिभाहरुलाई उजागर गर्नुहोला ।’ खेलकुदकै माध्यमबाट पनि विद्यार्थीहरु जीवनमा सफल बन्न सक्ने भन्दै उनले भने ।

खेलकुद सप्ताहमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिए । खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल लगायतका दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल सकिँदै जाँदा विजयी विद्यार्थीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्ये नेक उत्कृष्ट इन्जिनियरिङ कलेज हो ।


प्रकाशित मिति: १ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?