Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध


लमजुङ । पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिएका छन् ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।


प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?