Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आज मिति २०८१ साल असार २९ गते शनिबार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल असार २९ गते शनिबार (14 July, 2024) आषाढ शुक्लपक्ष सप्तमी १२:३४ बजेसम्म त्यसपछी अष्टमी

मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानी गरी विलाशी वस्तुहरुको उपभोग गर्न पाइनेछ ।

बृष – विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।

मिथुन – भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुन: जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ ।

कर्कट – समाज सेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाँती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्य आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।

सिंह – विवादित विषयहरुको निर्णय तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा छोटो दूरीको यात्राको तय गर्न सकिनेछ ।

कन्या – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठनपाठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्य धन लाभ हुनेछ ।

तुला – शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइलेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ ।

बृश्चिक – स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइलेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ ।

धनु – माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ ।

मकर – गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल सावित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा विद्धि भएर जानेछ ।

कुम्भ – लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्त्वपूर्ण व्याक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ ।

मीन – ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ ।

 


प्रकाशित मिति: २९ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?