काठमाडौ। ललितपुरको लगनखेलस्थित नापी कार्यालयका सर्वेक्षकलाई चार लाख रुपैया घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सर्वेक्षक संजिव कुमार यादव र लेखापढी व्यवसाय गर्ने रामबाबु भुजेललाई सेवाग्राहीबाट लिएको चार लाख रकमसहित बिहीबार पक्राउ गरेको जनाएको छ ।
अख्तियारले दुवैलाई घुस लिइसकेको अवस्थामा रकमसहित ललितपुर महानगरको वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार