चितवन । चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै आज बिहान ५ बजे पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। सडकमा झरेको पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: २७ असार २०८१, बिहीबार