काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गरिने भएको छ ।
आज देखी नागढुंगा-मुग्लिन सडक योजना (पूर्वीखण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ ।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्न पाउनेछ । वैकल्पिक मार्गका रूपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने योजनाले जनाएको छ ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार