काठमाडौँ । अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको हुदा कोशी ब्यारेजको ५६ वटै ढोका खुलेका छन्।
आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगे पछि कोशी ब्यारेजको ५६ वटै ढोका खुलेका छन्। भने पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ ।
सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आसपासका क्षेत्रमा परिचालन गरिएको छ ।
प्रकाशित मिति: २३ असार २०८१, आईतवार