Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ


काठमाडौं । ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घरमा छापा मार्दा तीन जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परेक्ला छन्।

ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको रुममा प्रहरीले छापा मारेको हाे ।

पक्राउ पर्नेमा प्रहरी भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने २८ बर्षका युवराज विभुते, सोही स्थानका विक्रम यलवर, अभिषेख विभुते तथा भक्तपुर सूर्यविनायक बिरुवा बस्ने सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी ८ बस्ने यसवन्त सुनार रहेको प्रहरीले जनाएको छ।

उनीहरूबाट सुनजस्तो देखिने पहेँलो धातु १६९.९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु एक थान तथा विभिन्न कम्पनीका मोबाइल ७ थान पनि प्रहरीले बरामद गरेको छ । साथै हार्डडिक्स, मिककार्ड तथा बैंक भौचरसहित ५० लाख चार हजार नगद र सुन पगाल्ने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २२ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?