Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ


काठमाडौं । ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घरमा छापा मार्दा तीन जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परेक्ला छन्।

ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको रुममा प्रहरीले छापा मारेको हाे ।

पक्राउ पर्नेमा प्रहरी भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने २८ बर्षका युवराज विभुते, सोही स्थानका विक्रम यलवर, अभिषेख विभुते तथा भक्तपुर सूर्यविनायक बिरुवा बस्ने सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी ८ बस्ने यसवन्त सुनार रहेको प्रहरीले जनाएको छ।

उनीहरूबाट सुनजस्तो देखिने पहेँलो धातु १६९.९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु एक थान तथा विभिन्न कम्पनीका मोबाइल ७ थान पनि प्रहरीले बरामद गरेको छ । साथै हार्डडिक्स, मिककार्ड तथा बैंक भौचरसहित ५० लाख चार हजार नगद र सुन पगाल्ने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २२ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?