Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सामान्य प्रशासन मन्त्रालयमा कृषि सेवाका कर्मचारीको धर्ना


काठमाडौँ । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरूको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

कृषि सेवा कर्मचारीहरूले चार बुँदे माग राख्दै सिंहदरवारस्थित मन्त्रालयको मूल ढोकामा बसेर आज धर्ना दिएका हुन् ।

उनीहरूले संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका पुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने लगायतका माग राखेका छन् ।

संघमा समायोजन भएका कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, रिक्त पदमा पदपूर्ति गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन हुनुपर्ने, संविधान र कार्यविस्तृतिकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग राखेका छन् ।


प्रकाशित मिति: २० असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?