Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सामान्य प्रशासन मन्त्रालयमा कृषि सेवाका कर्मचारीको धर्ना


काठमाडौँ । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरूको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

कृषि सेवा कर्मचारीहरूले चार बुँदे माग राख्दै सिंहदरवारस्थित मन्त्रालयको मूल ढोकामा बसेर आज धर्ना दिएका हुन् ।

उनीहरूले संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका पुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने लगायतका माग राखेका छन् ।

संघमा समायोजन भएका कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, रिक्त पदमा पदपूर्ति गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन हुनुपर्ने, संविधान र कार्यविस्तृतिकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग राखेका छन् ।


प्रकाशित मिति: २० असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?