Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राजीनामा बुझाउन रविसहित रास्वपाका मन्त्रीहरु बालुवाटारमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरु सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।मन्त्रीहरुसँगै उपसभापति डा. स्वर्णिम वाग्ले र सचेतक सन्ताेष परियार पनि बालुवाटार पुगेका छन् ।

सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री ,उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै राजिनामा बुझाएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ। प्रचण्ड सरकार ढल्ने निश्चित भएपछी रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्।


प्रकाशित मिति: २० असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?