Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राजीनामा बुझाउन रविसहित रास्वपाका मन्त्रीहरु बालुवाटारमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरु सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।मन्त्रीहरुसँगै उपसभापति डा. स्वर्णिम वाग्ले र सचेतक सन्ताेष परियार पनि बालुवाटार पुगेका छन् ।

सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री ,उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै राजिनामा बुझाएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ। प्रचण्ड सरकार ढल्ने निश्चित भएपछी रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्।


प्रकाशित मिति: २० असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?