Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

विदेशी सम्बन्धन लिएका ५९ कलेज मापदण्डविपरीत ! (सूचीसहित)


काठमाडाैं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेका ५९ वटा कलेजहरूले नियमविपरीत झाराटारी रूपमा परीक्षा लिने गरेको, विद्यार्थीसँग चर्को शुल्क लिएको, छात्रवृत्ति नदिएको अध्ययनले औँल्याएको छ ।

पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा क्याम्पसहरूले नियमविपरीत शैक्षिक कार्यक्रम चलाएको उल्लेख छ । प्रतिवेदनले विदेशबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम गरिरहेका क्याम्पसहरूलाई कारबाही गर्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

अध्ययन प्रतिवेदन मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ । जसमा कानुनी मापदण्डविना शैक्षिक गतिविधि गरेको उल्लेख छ । प्रतिवेदनअनुसार ५९ वटा कलेजले नियमविपरीत शैक्षिक कार्यक्रम चलाइरहेका छन् । यी कलेजलाई नियमसंगत रूपमा सञ्चालन गर्न र तोकिएको सर्त पालना गराउनुपर्ने सुझाव अध्ययन समितिले दिएको छ ।

ती कलेजहरूले झाराटारी रूपमा परीक्षा लिने गरेको, विद्यार्थीसँग चर्को शुल्क लिएको, छात्रवृत्ति नदिएको अध्ययनले औँल्याएको छ । अध्ययन समितिले २५ वैशाखमा प्रतिवेदन बुझाए पनि मन्त्रालयले मंगलबार मात्रै वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनले विश्वको र्‍याङकिङअनुसार पाँच सयभित्र समावेश भएका विदेशी विश्वविद्यालयको कार्यक्रम मात्रै सञ्चालन गर्न दिनुपर्ने आंँल्याएको छ । यसो गर्दा नियम मिच्न नपाउने समितिको बुझाइ छ ।

international-affiliation-1712724282

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?