Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

विदेशी सम्बन्धन लिएका ५९ कलेज मापदण्डविपरीत ! (सूचीसहित)


काठमाडाैं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेका ५९ वटा कलेजहरूले नियमविपरीत झाराटारी रूपमा परीक्षा लिने गरेको, विद्यार्थीसँग चर्को शुल्क लिएको, छात्रवृत्ति नदिएको अध्ययनले औँल्याएको छ ।

पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा क्याम्पसहरूले नियमविपरीत शैक्षिक कार्यक्रम चलाएको उल्लेख छ । प्रतिवेदनले विदेशबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम गरिरहेका क्याम्पसहरूलाई कारबाही गर्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

अध्ययन प्रतिवेदन मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ । जसमा कानुनी मापदण्डविना शैक्षिक गतिविधि गरेको उल्लेख छ । प्रतिवेदनअनुसार ५९ वटा कलेजले नियमविपरीत शैक्षिक कार्यक्रम चलाइरहेका छन् । यी कलेजलाई नियमसंगत रूपमा सञ्चालन गर्न र तोकिएको सर्त पालना गराउनुपर्ने सुझाव अध्ययन समितिले दिएको छ ।

ती कलेजहरूले झाराटारी रूपमा परीक्षा लिने गरेको, विद्यार्थीसँग चर्को शुल्क लिएको, छात्रवृत्ति नदिएको अध्ययनले औँल्याएको छ । अध्ययन समितिले २५ वैशाखमा प्रतिवेदन बुझाए पनि मन्त्रालयले मंगलबार मात्रै वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनले विश्वको र्‍याङकिङअनुसार पाँच सयभित्र समावेश भएका विदेशी विश्वविद्यालयको कार्यक्रम मात्रै सञ्चालन गर्न दिनुपर्ने आंँल्याएको छ । यसो गर्दा नियम मिच्न नपाउने समितिको बुझाइ छ ।


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?