Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद: एकीकृत समाजवादी


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुुख प्रमुुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिनुुभएको छ। सोमबार मध्य राती संसदको प्रमुुख प्रतिपक्षि दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूूलो दल नेकपा (एमाले) बीच नयाँ सत्ता समिकरणबारे सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गर्नुभएको हो।

सत्तामा सहभागिसमेत रहेको नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महावेशनमा व्यस्त रहेको छ। महाधिवेशनस्थल कमलादीमा प्रमुुख खतिवडाले भन्नुुभयो, ‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनुु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूूहमा फसाउने काम हो।’

खतिवडाले अगाडि भन्नुभयो, ‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरित संविधान संशोधन गर्छौं भन्ने कुरा हामीलाई मान्ने छैन। यो अधिकार अमुख दललाई छैन।’


प्रकाशित मिति: १८ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?