Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कांग्रेस–एमाले सत्ता गठबन्धन चरम अवसरवाद: एकीकृत समाजवादी


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुुख प्रमुुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिनुुभएको छ। सोमबार मध्य राती संसदको प्रमुुख प्रतिपक्षि दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूूलो दल नेकपा (एमाले) बीच नयाँ सत्ता समिकरणबारे सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गर्नुभएको हो।

सत्तामा सहभागिसमेत रहेको नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महावेशनमा व्यस्त रहेको छ। महाधिवेशनस्थल कमलादीमा प्रमुुख खतिवडाले भन्नुुभयो, ‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनुु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूूहमा फसाउने काम हो।’

खतिवडाले अगाडि भन्नुभयो, ‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरित संविधान संशोधन गर्छौं भन्ने कुरा हामीलाई मान्ने छैन। यो अधिकार अमुख दललाई छैन।’


प्रकाशित मिति: १८ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?