Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

आज मिति २०८१ साल असार १८ गते मंगलवार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल असार १८ गते मंगलवार,(02 July, 2024)आषाढ कृष्णपक्ष एकादशी

मेष – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ। पत्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

वृष – मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ ।  दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

मिथुन – परिश्रम गरेअनुसार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्ने छैन । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइमा भनेजस्तो नतिजा आउने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुँदा आर्थिक पाटाहरु बिग्रनेछन् ।

कर्कट – आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

सिंह – लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचे जस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईं अरुभन्दा अब्बल हुनुहुनेछ ।

कन्या – अध्ययनमा मन जानेछ भने नतिजा आफैंतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुनेछ । अग्रज तथा दिदिबहिनीबाट तपाईंको हरेक काममा सहयोग प्राप्त हुनेछ । खोजीमुलक क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

तुला – शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा एक अर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ ।

बृश्चिक – स्वास्थ्यले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैयाँ पैसा कमाइनेछ । नयाँ ठाउँको भ्रमण गरी सङ्गीतको सुमधुर धुनमा रमाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ ।

धनु – भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्त हुनेहुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ ।

मकर –आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछी पर्नु हुनेछ । छातीमा सम्बन्धि सामान्य समस्या आउन सक्छ, ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।

कुम्भ – दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला, सफलता मिल्नेछ ।  उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमण तय हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

मीन – आफन्त तथा कुटुम्वसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभासमारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगती भएर जानेछ ।

 


प्रकाशित मिति: १८ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?