Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गर्नेले फेरि गरिदेलान्


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले आज पनि त्यही कदम चाल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।

उनले ओलीले संसद विघटन गरेको प्रसंगमा भने, ‘प्रधानमन्त्रीज्यू अहिले पनि सुनिन्छ हामीले संसद विघटन गरेर ठिक गर्‍यौँ भन्दैछन्। हिजो विघटन गरेर ठिक गर्‍यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस्। विघटन गर्नुपर्ने आवश्यकता छैन। हामी पनि छौँ। संख्या कम छ भनेर आत्तिनु पर्दैन। जनताको भोटले पनि हुँदैन रहेछ।’

एमालेबाट अलग भएको ३ वर्षपछि महाधिवेशन गर्दा पनि नेकपा एसको महाधिवेशनमा ओलीसहित एमालेका कोही नेता गएनन्।


प्रकाशित मिति: १६ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?