Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गर्नेले फेरि गरिदेलान्


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले आज पनि त्यही कदम चाल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।

उनले ओलीले संसद विघटन गरेको प्रसंगमा भने, ‘प्रधानमन्त्रीज्यू अहिले पनि सुनिन्छ हामीले संसद विघटन गरेर ठिक गर्‍यौँ भन्दैछन्। हिजो विघटन गरेर ठिक गर्‍यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस्। विघटन गर्नुपर्ने आवश्यकता छैन। हामी पनि छौँ। संख्या कम छ भनेर आत्तिनु पर्दैन। जनताको भोटले पनि हुँदैन रहेछ।’

एमालेबाट अलग भएको ३ वर्षपछि महाधिवेशन गर्दा पनि नेकपा एसको महाधिवेशनमा ओलीसहित एमालेका कोही नेता गएनन्।


प्रकाशित मिति: १६ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?