Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपराह्न ३ बजे बस्नेछ ।

आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुने छ । आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने र राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, भन्सार महसुल विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रकाशित मिति: १६ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?