Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

आज मिति २०८१ साल असार १५ गते शनिवार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल असार१५ गते शनिवार(28 June, 2024)आषाढ कृष्णपक्ष सप्तमी १८:०३ बजेसम्म त्यसपछी अष्टमी १५:३४ बजेसम्म त्यसपछी नवमी

मेष – धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ ।

वृष – सानातिना घरेलु समस्याहरुले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् ।

मिथुन – साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यवसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट – बिहानको समय राम्रो रहेको छ । मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेको छ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ ।

सिंह – खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजबुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ ।

कन्या – बिहानको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।  पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ ।

तुला – समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईं आफ्नै पक्षमा पार्न सक्नुहुनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला ।

वृश्चिक – आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु-राज्यबाट अनावश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा नगर्दिनाले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साँघुरा भएर जानेछन् ।

मकर – मायाप्रेमको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाईदा हुनेछ ।

कुम्भ – आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मीन – काम गरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन लोभ्याउन सकिनेछ ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।

 


प्रकाशित मिति: १५ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?