आज मिति २०८१ साल असार १३ गते विहिवार (27 June, 2024)आषाढ कृष्णपक्ष षष्ठी २०:३१ बजेसम्म त्यसपछी सप्तमी
मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पत्ति हात लागी हुने योग रहेको छ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।
वृष – राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धी मुलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।
मिथुन – स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साहजनक प्रगती नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरीको यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
कर्कट – माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाईलो बसाईंमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।
सिंह – परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलाई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।
कन्या – न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचारको खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइ लेखाइ भने थाती रहनेछ ।
तुला – आम्दानीका बाटाहरु एक्कासी बन्द हुँदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । विवादित विषयहरुको उठान नगर्नुहोला, आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछी परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरेपनि नाफा कमाउन केही समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेको छ । चाहेका वस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।
बृश्चिक – ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरु भन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपूर्ण अवसरहरु गुम्न सक्छन्, ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायवाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ।
धनु – भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।
मकर – व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ती तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ, काम गर्दा ध्यान दिन जरुरी देखिन्छ । तरपनि बैंक तथा वित्तिय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।
कुम्भ – व्यावसायिक यात्रा हुने भएपनि गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटनाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथीसँग मनमुटाव बढ्ने हुनाले दैनिक काम गर्न मन जाने छैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।
मीन – मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयुक्त हुनेछ किनकी आज आउने फैसला तपाईंको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन सक्छ तथा ऋण लाग्नेछ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ।
राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।
प्रकाशित मिति: १३ असार २०८१, बिहीबार