Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

८ महिने बच्चाकाे बाटाको पानीमा डुबेर मृत्यु !


काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-४ गतेरा बस्ने बिना पुनको छोरा ८ महिनाको सल्लिम पुनको प्लाष्टिकको बाटामा रहेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा आँगनमा रहेको प्लाष्टिकको बाटामा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रोल्पा, सुनिलस्मृति गाउँपालिका-४ छिर्ने बस्ने खम्ब बहादुर बुढाको छोरा १७ वर्षीय बिमल बुढाको सोही ठाउँस्थित लुङग्री खोलामा डुबेर सोमबार बेलुकी मृत्यु भएको छ । माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ११ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?