Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छः डा शेखर कोइराला


मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले राजनितीभित्र अपराधीकरण भैरहेको बताएका छन् । पछिल्ला दिनहरुमा राजनीतिज्ञ, ब्यावसायी र कर्मचारीहरु एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने- जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन तब बिध्यमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ ।

राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभुती गर्न नपाएको पनि बताए । कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताए । रेमिटेन्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छ – कोइरालाले भने ।

जब मानिसको सबै अङ्गले काम गर्न छोड्छ तब जति उपचार गरेपनि शरीर ठिक नहुने भन्ने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए ।नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए । कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफुहरु सरकार ढाल्ने काममा नलाग्ने पनि बताए ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?