Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छः डा शेखर कोइराला


मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले राजनितीभित्र अपराधीकरण भैरहेको बताएका छन् । पछिल्ला दिनहरुमा राजनीतिज्ञ, ब्यावसायी र कर्मचारीहरु एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने- जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन तब बिध्यमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ ।

राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभुती गर्न नपाएको पनि बताए । कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताए । रेमिटेन्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छ – कोइरालाले भने ।

जब मानिसको सबै अङ्गले काम गर्न छोड्छ तब जति उपचार गरेपनि शरीर ठिक नहुने भन्ने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए ।नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए । कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफुहरु सरकार ढाल्ने काममा नलाग्ने पनि बताए ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?