Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नयाँ जहाज थपेको श्री एयरलाइन्ससँग अब ११ जहाज र ८ हेलिकोप्टर


काठमाडौं । श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्राएको हो ।

अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् । यस्तै, श्रीसँग आठवटा रोटर विङ्स (हेलिकप्टर) रहेका छन् । कुल १९ जहाजसहित श्री देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको छ ।

शुक्रबार राती १ बजेतिर काठमाडौंमा अवतरण गरेको क्यु ४०० ड्यास ८ जहाज यसअघि अमेरीकाको होराइजन एयर तथा अलास्का एयरले संचालन गरेको थियो । सो जहाजमा अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपदों क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्पपावरका पिडब्लूआइएसओए इन्जिन जडित भएको कम्पनीले जनाएको छ ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?