Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नयाँ जहाज थपेको श्री एयरलाइन्ससँग अब ११ जहाज र ८ हेलिकोप्टर


काठमाडौं । श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्राएको हो ।

अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् । यस्तै, श्रीसँग आठवटा रोटर विङ्स (हेलिकप्टर) रहेका छन् । कुल १९ जहाजसहित श्री देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको छ ।

शुक्रबार राती १ बजेतिर काठमाडौंमा अवतरण गरेको क्यु ४०० ड्यास ८ जहाज यसअघि अमेरीकाको होराइजन एयर तथा अलास्का एयरले संचालन गरेको थियो । सो जहाजमा अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपदों क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्पपावरका पिडब्लूआइएसओए इन्जिन जडित भएको कम्पनीले जनाएको छ ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?