Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गृहमन्त्रीलाई निलम्बन गर्न माग गरिएको रिट हेर्दाहेर्दैमा, अको सुनुवाइ १८ असारमा


काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ असार १८ गतेलाई तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले रिटलाई हेर्दाहेर्दैमा राखी असार १८ को अर्को पेसी तोकेको हो।

अधिवक्ता अनुपम भट्टराईले लामिछाने र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए। लामिछानेमाथि रुपन्देही र कास्कीमा सहकारी ठगीको जाहेरी परे पनि महान्यायाधिवक्ता कार्यालयले उनीमाथि कुनै जाहेरी नपरेको भन्दै ‘क्लिन चिट’ दिएको थियो। त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका हुन्। रिट निवेदकको तर्फबाट बहस सकिएको छ। अब लामिछानेको तर्फको बहस बाँकी छ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?