Trending
>>   प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्ः कृष्णप्रसाद सिटौला >>   राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीले स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्नू >>   प्रतिपक्षको आवाज कमजोर हुन दिन्नौँ, बोल्दाबोल्दै माइक काट्दैनौँः सभापति लामिछाने >>   जनताले सरकार परिवर्तन मात्र होइन, शासन सञ्चालनको संस्कृति र संस्कारमै आमूल परिवर्तन खोजेका छन्ः ज्येष्ठ… >>   कामबाटै आफूलाई प्रमाणित गर्छौंः सभापति लामिछाने >>   ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले >>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

काभ्रेमा अधिकांश एग्रोभेट अव्यवस्थित रूपमा सञ्चालन


काभ्रेपलाञ्चोक। कृषि तथा पुशपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेन्टाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा जिल्लाका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ ।

बीउबिजन, विषादी र कृषि सामग्री बिक्री गर्दै आएका एग्रोभेट पसलको अनुगमन गरिएको हो । हाल पनौती नगरपालिकामा रहेका एग्रोभेट अनुगमनका क्रममा चार वर्षदेखि इजाजतपत्र नै नवीकरण नगरी सञ्चालन गरिएको भेटिएपछि थापा लीलावती एग्रोभेटमा सिल गरिएको जनाइएको छ । पनौती–६ नमोबुद्ध रोडको उक्त एग्रोभेटले विषादी खुद्रा बिक्रेता इजाजतपत्र २०७७ माघ १६ गतेदेखि नवीकरण नगरी पसल सञ्चालन गर्दै आइरहेको थियो ।

एग्रोभेट सञ्चालक प्रभुकृष्ण थापालाई एक हप्ताभित्र केन्द्रमा उपस्थित हुन भई स्पष्टीकरणसहित नियमानुसार लाइसेन्स नवीकरण गरेपछि मात्रै पसल खोल्न दिइने भएको हो । सञ्चालक थापाले विषादी खोलेर बेचेकोसमेत पाइएको छ भने विषादीको व्यवस्थापन सही तरिकाले नगरेको भेटिएको केन्द्रका वरिष्ठ वातावरण संरक्षण अधिकृत मनोज पोखरेलले बताएका छन् । अर्को श्री लीलावती एग्रोभेट सेन्टर भने अनुगमन टोली आएको थाहा पाएपछि बुधबारदेखि पसल बन्द गरेर सञ्चालक भागेका छन् । यस्तै पनौतीका अधिकांश एग्रोभेट सेन्टर अव्यवस्थित ढङ्गले सञ्चालन भइरहेको अनुगमनका क्रममा फेलापरेको पोखरेलले बताए ।

उहाँका अनुसार पनौतीको दौतरी एग्रोभेट सेन्टरले भेटेरिनरी र जीवनाशक विषादीसँगै राखेर बेचबिखन गरिरहेको, औषधि सुरक्षात्मक पहिरनको प्रयोग तथा बिक्री नगरीे पसल अव्यवस्थित रहेको पाइएको हो । पनौचीको सैंँजु एग्रोभेट सेन्टरमा म्याद नाघेको विषादी फेला परेको र सुरक्षात्मक पहिरनको प्रयोग नगरी व्यवस्थापन राम्रो नदेखिएको अनुगमन टोलीले जनाएको छ । मौसम एग्रोभेट सेन्टरमा तालिमप्राप्त व्यक्ति नभेटिएकाले टोलीले सेन्टरको इजाजतपत्र र प्रमाणपत्र लगेको छ ।

अनुगमनमा जिल्लास्थित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालयको सहभागिता गराएको केन्द्रले यसअघि बनेपा र पाँचखाल नगरका एग्रोभेट सेन्टरको अनुगमन गरेको थियो । अनुगमित एग्रोभेटमध्ये अधिकांश अव्यवस्थित रूपमा सञ्चालन गरेको पाइएकाले सचेत गराई व्यवस्थापनका प्रक्रियाबारे जानकारीसमेत गराइने केन्द्रले जनाएको छ । टोलीले जिल्लाको मण्डन, नमोबुद्ध, दोलालघाट, नालालगायतका क्षेत्रमा अनुगमन गर्ने योजना बनाएको छ ।


प्रकाशित मिति: ६ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?