Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

काभ्रेमा अधिकांश एग्रोभेट अव्यवस्थित रूपमा सञ्चालन


काभ्रेपलाञ्चोक। कृषि तथा पुशपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेन्टाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा जिल्लाका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ ।

बीउबिजन, विषादी र कृषि सामग्री बिक्री गर्दै आएका एग्रोभेट पसलको अनुगमन गरिएको हो । हाल पनौती नगरपालिकामा रहेका एग्रोभेट अनुगमनका क्रममा चार वर्षदेखि इजाजतपत्र नै नवीकरण नगरी सञ्चालन गरिएको भेटिएपछि थापा लीलावती एग्रोभेटमा सिल गरिएको जनाइएको छ । पनौती–६ नमोबुद्ध रोडको उक्त एग्रोभेटले विषादी खुद्रा बिक्रेता इजाजतपत्र २०७७ माघ १६ गतेदेखि नवीकरण नगरी पसल सञ्चालन गर्दै आइरहेको थियो ।

एग्रोभेट सञ्चालक प्रभुकृष्ण थापालाई एक हप्ताभित्र केन्द्रमा उपस्थित हुन भई स्पष्टीकरणसहित नियमानुसार लाइसेन्स नवीकरण गरेपछि मात्रै पसल खोल्न दिइने भएको हो । सञ्चालक थापाले विषादी खोलेर बेचेकोसमेत पाइएको छ भने विषादीको व्यवस्थापन सही तरिकाले नगरेको भेटिएको केन्द्रका वरिष्ठ वातावरण संरक्षण अधिकृत मनोज पोखरेलले बताएका छन् । अर्को श्री लीलावती एग्रोभेट सेन्टर भने अनुगमन टोली आएको थाहा पाएपछि बुधबारदेखि पसल बन्द गरेर सञ्चालक भागेका छन् । यस्तै पनौतीका अधिकांश एग्रोभेट सेन्टर अव्यवस्थित ढङ्गले सञ्चालन भइरहेको अनुगमनका क्रममा फेलापरेको पोखरेलले बताए ।

उहाँका अनुसार पनौतीको दौतरी एग्रोभेट सेन्टरले भेटेरिनरी र जीवनाशक विषादीसँगै राखेर बेचबिखन गरिरहेको, औषधि सुरक्षात्मक पहिरनको प्रयोग तथा बिक्री नगरीे पसल अव्यवस्थित रहेको पाइएको हो । पनौचीको सैंँजु एग्रोभेट सेन्टरमा म्याद नाघेको विषादी फेला परेको र सुरक्षात्मक पहिरनको प्रयोग नगरी व्यवस्थापन राम्रो नदेखिएको अनुगमन टोलीले जनाएको छ । मौसम एग्रोभेट सेन्टरमा तालिमप्राप्त व्यक्ति नभेटिएकाले टोलीले सेन्टरको इजाजतपत्र र प्रमाणपत्र लगेको छ ।

अनुगमनमा जिल्लास्थित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालयको सहभागिता गराएको केन्द्रले यसअघि बनेपा र पाँचखाल नगरका एग्रोभेट सेन्टरको अनुगमन गरेको थियो । अनुगमित एग्रोभेटमध्ये अधिकांश अव्यवस्थित रूपमा सञ्चालन गरेको पाइएकाले सचेत गराई व्यवस्थापनका प्रक्रियाबारे जानकारीसमेत गराइने केन्द्रले जनाएको छ । टोलीले जिल्लाको मण्डन, नमोबुद्ध, दोलालघाट, नालालगायतका क्षेत्रमा अनुगमन गर्ने योजना बनाएको छ ।


प्रकाशित मिति: ६ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?