मोरङ । रतुवामाइ नगरपालिका-४ झुर्किया बस्ने झरीलाल महतोको छोरी १६ वर्षीया बिपना महतोको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ५ असार २०८१, बुधबार