काठमाडाैं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन् ! उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ । २२ वर्षीय प्रहरी जवान अजित गाेलेले दुई नम्बर गेटकाे शाैचालयमा आफूमाथि गोली हानेको हाे ।
नेपाल प्रहरीकाे हेडक्वाटरबाट खटाइएकाे स्पेशल टाक्स फाेर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । साेही क्रममा उनले शाैचालयमा गएर आफूले बाेकेकाे पेस्ताेल आफूमाथि प्रहार गरेका थिए ।
प्रकाशित मिति: ५ असार २०८१, बुधबार