Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

चैत १० देखि भोजपुर गोल्डकप


८ चैत्र ,टक्सार (भोजपुर)। भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।

करिब रु ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताएका छन्‌ । नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि बजेटको व्यवस्थापन गरिदिन थालेको छ ।

नगरपालिकाले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका लागि वार्षिक कार्यक्रममा नै बजेट विनियोजन गर्ने गरेको छ । “जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, सानो रकमले भोजपुर जस्तो दुर्गम ठाउँमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिँदैन”, अध्यक्ष सुवालले भने । जिल्लाकै प्रतिष्ठित छैटौ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको तयारीसमेत पूरा भएको छ ।

गोेल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सुवालले प्रतियोगिता सञ्चालनका लागि रु ३२ लाख ८० हजार लाग्ने बताए। प्रतियोगिताको सहप्रायोजकमा शिवम फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजी बु्रअरी रहेको प्रतियोगिताका संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।

गोल्डकपको तयारीका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभित्रका छ र बाहिरका दुई टिमको सहभागिता हुने जानकारी दिइयो । प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुनेछन् ।

भोजपुर नगरपालिका–७ मा बन्दै गरेको रङ्गशालाको निर्माण कार्य पूरा नभएकाले यस वर्षको प्रतियोगिता पनि टुँडिखेलमा नै सञ्चालन हुन लागेको आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछ भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?