Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

टी-२० विश्वकप : बंगलादेशसँग २१ रनले पराजित


काठमाडौं।आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

पहिला ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा १०६ रनमा समेटिएको थियो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी हुँदा ८५ रनमा समेटिन पुग्यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।

लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५ रनको पारि खेले । यी दुई खेलाडीले अर्धशतकीय साझेदारी गर्दै नेपालको जितको आशा कायमै राखेका थिए । कुशलले ४० बल खेल्दा एक छक्का र एक चौका प्रहार गर्दा दीपेन्द्रले ३१ बल फेस गर्दा एक छक्का र दुई चौका प्रहार गरे ।

पहिलो विकेटको रूपमा कुशल भुर्तेल ४ रन बनाएर आउट भएका थिए । दोस्रो विकेटको रूपमा अनिल साह खाता नै नखोली पभेलियन फर्किए । रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाउँदा गुल्सन झा, सोमपाल कामी र अविनाश बोहोराले खाता नै खोल्न सकेनन् भने सन्दीपले एक बल पनि फेस गर्न पाएनन् ।

बंगलादेशका तनजिम हसन साकिवले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर ७ रन दिँदै नेपालका ४ खेलाडीलाई पभेलियनको बाटो देखाए । यसैगरी मुस्तफिजुर रहेमानले ४ ओभरमा १ ओभर मेडन राख्दै ३ विकेट लिए । तसकिन अहमदले १ विकेट लिँदा साकिब अल हसनले अन्तिम २ विकेट हात पारे ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बंगलादेशलाई ब्याटिङका लागि निम्ता दिएका थिए । कप्तान पौडेलको निर्णयलाई नेपाली बलरले भने सही सावित गरे । पहिलो खेबलमा सोमपाल कामीले तनजिद हसनलाई पभेलियन पठाउँदै नेपाललाई उत्कृष्ट सुरुआत गराए ।

७ रन हुँदा नेपालले दोस्रो सफलता हात पारेको थियो । दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाएका थिए । बंगलादेशका कप्तान नजमुल होसेन सान्टो ४ रन बनाएर पभेलियन फर्किए । टिमको स्कोर २१ रन हुँदा तेस्रो विकेट गुमेको थियो । तेस्रो सफलता नेपालका सोमपालले दिलाए । उनले लिटन दासलाई १० रन बनाएका बेला विकेटकिपर आशिफ शेखमार्फत आउट गरेका हुन् ।

३० रन पुग्दा बंगलादेशले चौथो विकेट गुमाउन पुग्यो । उसका तोहिद हेरिडो ९ रनको पारि खेल्दा नेपाली कप्तान रोहित पौडेलले आउट गरे । ५२ रन हुँदा नेपालले पाँचौं सफलता रनआउट मार्फत गरेको थियो । मोहमदुल्लाहलाई नेपालका गुल्सन झा र सन्दीप लामिछानेले रनआउट गरेका थिए । उनी १३ रन बनाएर आउट भए ।

एक छेउँमा टिकेका अलराउन्डर साकिव अल हसनलाई कप्तान रोहित पौडेलले एलबीडव्ल्यूको धरापमा पारे । साकिवले १७ रन बनाउँदा २ चौका प्रहार गरे । साकिव नै बंगलादेशका लागि आज सर्वाधिक रन बनाउने खेलाडी बने ।

६९ रन हुँदा नेपालले सातौं सफलता हात पारेको थियो । सातौं विकेटको रूपमा तन्जिम हसन ३ रनमै पभेलियन फर्किए । उनलाई सन्दीप लामिछानेले बोल्ड आउट गरेका थिए । यो सन्दीपको टी–२० करियरको ९९ औं विकेट थियो । १५.३ ओभरमा ७५ रन हुँदा बंगलादेशले आठौं विकेट गुमाउन पुग्यो । नेपाललाई आठौं सफलता सन्दीपले दिलाउँदै टी–२० करियरको १०० औं विकेट पूरा गरे । सन्दीपले ५४ खेलमा १०० विकेट पूरा गर्दा जाकर अलिलाई आउट गरे । जाकरले १२ रन बनाएका थिए ।

८८ रन हुँदा रिसाद हुसेन ७ बलमा १३ रन बनाएर आउट भए । उनले मात्रै नेपाली बलरविरुद्ध एक छक्का प्रहार गरे । अन्तिम विकेटको रूपमा मुस्तफिजुर रहमान १९.३ ओभरमा ३ रन बनाएर रन आउट भए । उनलाई रोहित र दीपेन्द्रले रन आउट गरेपछि बंगलादेशको पारि १०६ रनमा समेटियो ।

नेपालका सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३.३ ओभरमा २ विकेट लिँदा रोहित पौडेलले ४ ओभरमा २० रन दिएर २ विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १७ रन खर्चिँदै २ विकेट हात पारे । दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिएका कुशल भुर्तेले आजको स्पेलमा २२ रन खर्चिए पनि विकेटविहीन बने ।

अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।


प्रकाशित मिति: ३ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?