Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल असार १३ गते


काठमाडौँ। स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल यही असार १३ गते हुने भएको छ । स्टार्टअप वर्ल्डकप नेपालले आज पत्रकार सम्मेलन गरी यही असार १३ गते नेपाल एडिसन २०२४ को फाईनल कार्यक्रम राष्ट्रिय नाचघरमा हुने जनाएको छ ।

स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडौँसँगको सहकार्यमा विश्वभरका एक सय देशमा हुने स्टार्टअपको प्रतिस्पर्धा नेपालमा आयोजनामा गर्ने लागेको हो ।

समन्वय समितिका संयोजक शन्तोष बुढाथोकीले अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुआत गरेको हो । नेपालमा वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वल्र्डकप नेपाल भित्र्याएको वर्ल्डकप नेपालका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिएका छन् ।

उनले स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअप मध्यबाट असार १३ गते नेपाल च्याम्पियन छानिने एक जनालाई अमेरिकाको सान-फ्रान्सिस्कोमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी गराइने जानकारी दिए । स्टार्टअप विश्वविजेता बन्न सकेमा एक मिलियन डलर (रु १३ करोड नेपाली बराबर) लगानी पुरस्कार पाउने वल्र्डकप नेपालका अध्यक्ष पोखरेलले बताए ।


प्रकाशित मिति: २ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?