Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल असार १३ गते


काठमाडौँ। स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल यही असार १३ गते हुने भएको छ । स्टार्टअप वर्ल्डकप नेपालले आज पत्रकार सम्मेलन गरी यही असार १३ गते नेपाल एडिसन २०२४ को फाईनल कार्यक्रम राष्ट्रिय नाचघरमा हुने जनाएको छ ।

स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडौँसँगको सहकार्यमा विश्वभरका एक सय देशमा हुने स्टार्टअपको प्रतिस्पर्धा नेपालमा आयोजनामा गर्ने लागेको हो ।

समन्वय समितिका संयोजक शन्तोष बुढाथोकीले अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुआत गरेको हो । नेपालमा वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वल्र्डकप नेपाल भित्र्याएको वर्ल्डकप नेपालका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिएका छन् ।

उनले स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअप मध्यबाट असार १३ गते नेपाल च्याम्पियन छानिने एक जनालाई अमेरिकाको सान-फ्रान्सिस्कोमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी गराइने जानकारी दिए । स्टार्टअप विश्वविजेता बन्न सकेमा एक मिलियन डलर (रु १३ करोड नेपाली बराबर) लगानी पुरस्कार पाउने वल्र्डकप नेपालका अध्यक्ष पोखरेलले बताए ।


प्रकाशित मिति: २ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?