Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

प्रदीप पौडेल र चिनियाँ राजदूतबीच चक्रपथ निर्माणबारे छलफल


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार चिनियाँ दूतावासमा यी दुईबीच भेट भएको हो ।बुधबार प्रदीप पौडेलले प्रतिनिधि सभामा चक्रपथको कलंकी–धोवीखोला खण्ड निर्माणमा नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन नहुने हो भने नेपाल आफैंले यो खण्ड निर्माण समयमा नै गर्नु पर्ने संकल्प प्रस्ताव दर्ता गराएका थिए । पौडेलले चक्रपथको यो खण्ड लथालिङ्ग छोड्दा काठमाडौंको प्रदुषण बढ्नु मात्र होइन, यस क्षेत्रमा बसोबास गर्ने वा यात्रा गर्ने मानिसको स्वास्थ्यमा समस्या हुन थालेको, दैनिक यात्रा कष्टकर हुन थालेको भन्दै यो प्रस्ताव प्रतिनिधि सभामा लगेका थिए ।

राजदूत छनसँग बिहीबार भएको भेटमा पौडेल र छनबीच यही विषयमा कुराकानी भएको थियो । चक्रपथ विस्तार परियोजनाको दोस्रो खण्ड विकासका लागि सन् २०१८ मा नेपाल र चीनबीच सम्झौता भए पनि यस क्षेत्रमा काम हुन सकेको छैन । ‘नेपाल पक्षले सम्झौताअनुसार सर्त पूरा गरेर हामीलाई जानकारी गराउन साथ हामी यो काम अगाडि बढाउँछौ,’ भेटमा चिनियाँ राजदूत छनले पौडेललाई बताए ।

‘चीनले दोस्रो खण्डसँग जोडेर तेस्रो खण्ड पनि यथाशक्य छिटो नेपाल सरकारसँग सम्झौता भएअनुसार चक्रपथको दोस्रो र तेस्रो खण्ड विस्तार गरोस्, यसमा ढिलाइ हुँदा जनस्वास्थ्यदेखि दैनिक जीवनमा निकै अप्ठ्यारो भएको छ,’ पौडेलले भेटमा राजदूतसँग भनेको उनको सचिवालयले जनाएको छ ।यसअघि बिहीबार नै पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच चक्रपथ विस्तारको यही परियोजना, काठमाडौं महानगरपालिकाको आगामि आर्थिक वर्षको कार्यक्रम, नीति तथा परियोजना र बजेट, काठमाडौं महानगरमा पर्ने काठमाडौं क्षेत्र नम्बर ५ का विभिन्न समस्याको समाधान तथा विविध विषयका व्यवस्थापनबारे छलफल गर्न भेट भएको थियो ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?