Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा


काठमाडौं । २०७८ माघमा परिवार नियोजन सङ्घले छलफल गर्‍यो काभ्रेको धुलिखेलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्थाका लागि लबिङ गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई सहभागी गराइयो छलफलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्था नभएको सुझाए उनले। वैवाहिक समानताको कानुन निर्माणका लागि न्यायालयको ढोका घचघच्याउन आफूले सघाउने प्रतिबद्धता समेत जनाए त्रिपाठीले।

केन्द्रीय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले घर परिवार गणनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक हुने जानकारी दिए। उनले भने अनुसार अन्य लैङ्गिक पहिचानका नागरिकको सङ्ख्या देशभर २९२८ रहेका सार्वजनिक पनि भयो। उनले भनेका थिए, दाताले पैसा दियो भने हामी सर्वे गर्नका लागि बास्केटफण्ड राखिदिन्छौ।

राष्ट्रिय जनगणनामा छुटाएको केन्द्रीय तथ्याङ्क कार्यालयले सर्वे गरेर समुदायको वास्तविक सङ्ख्या निकाल्ने भन्यो। सर्वेको तयारी स्वरूप नेपालमा गर्न लागेको सर्वेका लागि भुटानमा बैठक बस्यो। बैठकमा सहभागी थिए, नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), क्रुज एड्स, एफएसजिएमएन, मितिनी नेपालसहितका प्रतिनिधि।

त्यसयता सामूहिक छलफल भएको जानकारीमा आउन सकेको छैन। तथ्याङ्क कार्यालयका निर्देशक लामिछानेले यो वर्ष सर्वे नहुने बताइसकेका छन्। दातृ निकायबाट रकम प्राप्त नभएकाले सर्वे गर्ने प्रक्रिया नै सुरु नभएको उनले बताए।

परिवार नियोजन सङ्घले धुलिखेलमा गरेको छलफल पछि तत्काल कार्यान्वयनमा ल्यायो हर्मोन क्लिनिक। हर्मोन क्लिनिकबाट सुरु गरेर नेपालमै लिङ्ग परिवर्तनको सेवा दिने रणनीति बनाएको परिवार नियोजन सङ्घ हर्मोन क्लिनिकको नै विरोध हुन थालेपछि हच्किएको छ।

ब्लु डायमन्ड सोसाइटी, एफएसजिएमएन, क्रुज एड्स नेपाल, मितिनी नेपाल भने हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी धन्धा चलाउन हात धोएरै लागेका छन्। यसको विरोध गर्नेलाई सामाजिक सञ्जालमार्फत प्रतिकार गर्न कर्मचारी नै राखेका छन् ती संस्थाका नेतृत्वले।

हर्मोन क्लिनिक सञ्जालका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले अनुदान सहयोग दिएको खुलासा समेत भएको छ। हर्मोन क्लिनिकका लागि युएसएआइडी एफएचआई ३६० अन्तर्गत इपिक नेपाल परियोजना मार्फत क्रुज एड्स नेपालले अनुदान रकम समेत पाएको छ।

युएसएआडीले २०७८ तिरै हर्मोन क्लिनिक सञ्चालन गर्न अनुदान दिएको क्रुज एड्स नेपालमा कार्यरत समुदायका एक सदस्यले पहिचानलाई जानकारी दिए। युएसएआइडीले आर्थिक सहयोग गरेको हो हर्मोन क्लिनिक सञ्चालन गर्न,तर कहाँ खर्च भएको छ, थाहा छैन,उनले भने,नाम लेखिदिनुभयो भने पिंकीको तारोमा परिन्छ, कामबाट निकाल्छन्।

ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी) क्रुज एड्स नेपालकी प्राविधिक सल्लाहकार छन्। गलत कामको विरोध गर्नेलाई माटोमै मिलाउने धम्की दिने उनी पहिचान मिडियाको सम्पर्कमा आउन चाहिनन्। उनले फोन काटिन्।

हामी सडकमा उभिनु पर्ने, हाम्रो नाम बेचेर हाम्रै बदनाम गर्ने? काठमाडौं ठमेलमा भेटिएका तेस्रो लिङ्गीले प्रश्न गरे। नेपालको आफ्नो पहिचानमा धावा बोलेर विदेशीको इशारामा नाच्नेहरूका कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पीडामा परेका छन्।

पिंकी समुदायलाई उचाल्ने र पछार्ने काममा भिडेरै लागेका छन्। विदेशी अनुदान सहयोगको बलमा सोझासाझा समुदायका सदस्यमाथि लाठी प्रहार गरेका छन् उनले। धुलिखेलको छलफलमा हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनले व्यक्तिको स्वास्थ्यमा जटिल समस्या ल्याउने बताएकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीलाई यिनै संस्थाका नेतृत्वले बाइपास गरेका छन्।

समुदायको नाममा करोडौँ रकम गैरसरकारी संस्थाले भित्र्याइरहेका छन्। समुदायको अवस्था परिवर्तनका नाममा भित्र्याउने रकम अनियमित तवरले खर्च हुने गरेको समुदायका अर्को एक सदस्यले बताए। ब्लु डायमन्ड सोसाइटीमा कार्यरत प्रोग्राम म्यानेजरले काठमाडौँमा जग्गा किनेर घर ठड्याएका छन्। हाम्रो अवस्था सडकमा उभिनुपर्ने छ,ब्लु डायमन्ड सोसाइटीमा काम गर्ने प्रोग्राम म्यानेजरले घर ठड्याएका छन्,ती सदस्यले भने हर्मोन क्लिनिक सञ्चालन गर्नुको साटो सिटामोल पाउन नसकेका नागरिकलाई सहयोग गरेको भए चित्त बुझ्थ्यो, यिनीहरू (नामै लिएर पिंकी, मनिसा, सञ्जय, सिमरन)ले त हाडीघोप्टे शैली पो अपनाए।


प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?