Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

धर्तीकाे स्वर्ग मुस्ताङ्ग (फाेटाे फिचर)


मुस्ताङ्ग । गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो मुस्ताङ्ग । धवलागिरी र निलगिरी दुर्इ अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने पकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवं सुन्दर रहेकेा छ । मुख्य गरी गुरुङ्ग र थकाली समुदायको वसोवास रहेकेा यस जिल्लाका अधिकांश मानिसहरु वौद्ध धर्मप्रति आस्थावान छन् ।

परापूर्व कालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेकेा यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको हाल पुष्टि हुन आएको छ । तिब्बतीयन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकहरुको लागि, अनुसन्धानकर्ताहरुको लागि अतिनै महत्वपूर्ण तथा आर्कषणको केन्द्र रहेको छ ।

तस्विरहरूः बिष्णु गिरी निश्चल


प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?