Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

‘काठमाडौँ महानगरपालिका, पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु


काठमाडौँ । आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ बर्षदेखि ५४ बर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी हुनुहुन्छ । खेलमा महिला सहभागी हुनुहुन्न ।

७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ । संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीकाअनुसार भारतमा वेलायती सैनिक क्याम्पमा सैनिकहरुको मनोरञ्जनका लागि खेल थालिएको हो । ‘अनुशासन, धैर्यता, एकाग्रता र व्यवहारिक सिपयुक्त यो खेल राष्ट्रिय खेलका रुपमा स्थापित हुन सकेको छैन ।’ मुल्मीले भन्नुभयो, ‘खेलाडीहरुले अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ । नेपाल अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपका दृष्टिले १६ औँ उत्कृष्ट स्थानमा छ । खेलको विकास र विस्तारका लागि प्राप्त सहयोगबाट स्नुकर राष्ट्रिय खेलका रुपमा स्थापित हुनेछ ।’

महानगरपालिकाको नेतृत्व युवाको हातमा पुगेकोले स्नुकरले स्थान पाएको बताउँदै अध्यक्ष मुल्मीले, महानगरपालिकाको लगानीबाट युवाहरुमा सकारात्मक उर्जा प्रवाह भएको उल्लेख गर्नुभयो ।खेलका विजेतालाई नगद २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई नगद १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी (१००) ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५÷१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । खेलको समापन जेठ २९ गते हुनेछ ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?