Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘काठमाडौँ महानगरपालिका, पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु


काठमाडौँ । आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ बर्षदेखि ५४ बर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी हुनुहुन्छ । खेलमा महिला सहभागी हुनुहुन्न ।

७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ । संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीकाअनुसार भारतमा वेलायती सैनिक क्याम्पमा सैनिकहरुको मनोरञ्जनका लागि खेल थालिएको हो । ‘अनुशासन, धैर्यता, एकाग्रता र व्यवहारिक सिपयुक्त यो खेल राष्ट्रिय खेलका रुपमा स्थापित हुन सकेको छैन ।’ मुल्मीले भन्नुभयो, ‘खेलाडीहरुले अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ । नेपाल अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपका दृष्टिले १६ औँ उत्कृष्ट स्थानमा छ । खेलको विकास र विस्तारका लागि प्राप्त सहयोगबाट स्नुकर राष्ट्रिय खेलका रुपमा स्थापित हुनेछ ।’

महानगरपालिकाको नेतृत्व युवाको हातमा पुगेकोले स्नुकरले स्थान पाएको बताउँदै अध्यक्ष मुल्मीले, महानगरपालिकाको लगानीबाट युवाहरुमा सकारात्मक उर्जा प्रवाह भएको उल्लेख गर्नुभयो ।खेलका विजेतालाई नगद २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई नगद १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी (१००) ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५÷१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । खेलको समापन जेठ २९ गते हुनेछ ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?