Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

महानगरपालिकाले खाेज्याे निजी विद्यालयसँग छात्रवृत्ति विवरण


काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुलाई अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित सबै निजी विद्यालयले कक्षा १० सम्मका कक्षाहरुमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ ।

महानगरका अनुसार बुधबारसम्म महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका छन् । महानगरले विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण सार्वजनिक गरेको छ ।छात्रवृत्ति विवरण पेस गर्न बाँकी विद्यालयहरुले महानगपालिका शिक्षा विभागको लिंक https://datacollection.kathmandu.gov.np/#/auth/basic मा तीन दिनभित्र उपलब्ध गराउन अनुरोध गरिएकाे छ ।

यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावहरुलाई सूचित गरिने उल्लेख छ ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?