Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमाको निधन


वासिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमा मारियन रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले आफ्नी आमा रबिन्सनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिएकी हुन् ।

ओबामा प्रशासनको आठ वर्षको अवधिमा सन् २००९ र २०१७ को बिचमा रोबिन्सन ह्वाइट हाउसमा चर्चित थिइन्। उनले धेरै समय आफ्ना दुई नातिनी अर्थात् मिसेल र बाराक ओबामाकी छोरी मालिया र साशाको हेरचाहमा बिताइन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक बयानमा, मिसेल ओबामाले रोबिन्सनलाई ‘चट्टान’को संज्ञा दिँदै आफूलाई जे चाहिन्छ त्यसको लागि सधैँ त्यहाँ उपस्थित भएको उल्लेख गरेकी छन् । ‘आज उहाँको निधन भएको कुरा साझा गर्दा हामी दुःखी छौँ,’ उनले लेखिन्।

एक अलग ट्वीटमा, बाराक ओबामाले भनेका छन्, ‘यहाँ एक मात्र मारियन रोबिन्सन थिइन् र रहनेछिन्।’सन् १९३७ मा जन्मिएकी रोबिन्सनको मृत्युको कारणबारे थप विवरण भने दिइएको छैन ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?