Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमाको निधन


वासिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमा मारियन रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले आफ्नी आमा रबिन्सनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिएकी हुन् ।

ओबामा प्रशासनको आठ वर्षको अवधिमा सन् २००९ र २०१७ को बिचमा रोबिन्सन ह्वाइट हाउसमा चर्चित थिइन्। उनले धेरै समय आफ्ना दुई नातिनी अर्थात् मिसेल र बाराक ओबामाकी छोरी मालिया र साशाको हेरचाहमा बिताइन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक बयानमा, मिसेल ओबामाले रोबिन्सनलाई ‘चट्टान’को संज्ञा दिँदै आफूलाई जे चाहिन्छ त्यसको लागि सधैँ त्यहाँ उपस्थित भएको उल्लेख गरेकी छन् । ‘आज उहाँको निधन भएको कुरा साझा गर्दा हामी दुःखी छौँ,’ उनले लेखिन्।

एक अलग ट्वीटमा, बाराक ओबामाले भनेका छन्, ‘यहाँ एक मात्र मारियन रोबिन्सन थिइन् र रहनेछिन्।’सन् १९३७ मा जन्मिएकी रोबिन्सनको मृत्युको कारणबारे थप विवरण भने दिइएको छैन ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?